इटहरी : इटहरीमा ४३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बाह्रदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैँचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १ जना छन् ।
उता, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post