इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,४८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १,७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् ।














Discussion about this post