इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाह्रदशीमा २–२, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, सूर्योदय र मांसेबुङमा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, पाँचथरको फिदिम र फालेलुङमा १–१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।














Discussion about this post