इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,३८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा संक्रमणका कारण २४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् ।














Discussion about this post