इटहरी : इटहरीमा ६४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा २२, बिर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५, बा¥हदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७, उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रतुवामाईमा १ जना छन् ।
यस्तै, इलामको इलाम नगरपालिकामा ३, रोङमा २, संखुवासभाको मकालु, खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।














Discussion about this post