इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैँचा र कटहरीमा २–२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७, बुद्धशान्ति, गौरादह, भद्रपुर र कनकाईमा ३–३, बिर्तामोडमा २, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा १६, धरानमा ३, बराहक्षेत्रमा २, दुहवीमा १ जना छन् । उता, इलामको रोङमा ७, चुलाचुलीमा ४, माई, फाकफोकथुम, सूर्योदय र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र चौवीसेमा २, ताप्लेजुङको सिदिङ्वामा २, भोजपुरको भोजपुर नगरपालिका र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।














Discussion about this post