इटहरी : इटहरीमा ४५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना जना छन् ।
यता, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहवीमा २, बराहक्षेत्र, रामधुनी स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको दमकमा १३, बिर्तामोडमा ६, भद्रपुरमा ४, मेचीनगरमा ३, गौरादह, शिवसताक्षी र कचनकवलमा १–१ जना संक्रमित छन् ।
उता, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रीबासमा २, छथरजोरपाटी र महालक्ष्मीमा १–१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।














Discussion about this post