इटहरी : गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोसीले कटान गरेको श्रीलङ्का टप्पु क्षेत्रको निरीक्षण गरेका छन् ।
गृहमन्त्री खाँडको टोली हेलिकप्टरबाट उदयपुरको बेलका ८ स्थित कोसी प्रभावित क्षेत्रमा निरीक्षण गर्न आइपुगेका हुन् ।
गृहमन्त्रीको टोलीले सुनसरी, सप्तरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा प्रमुखहरूसँग भेटेर कोसी कटानका बारेमा जानकारी लिएको थियो ।
साथै, उनले कोसी कटानको न्यूनीकरण गर्नका लागि गर्नुपर्ने कामबारे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन पनि दिएका थिए ।














Discussion about this post