इटहरी : सुनसरीको दुहबी नगरपालिका ४ मा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोमा एक पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका ४ मालहटीका ५२ वर्षीय सहनी रहेका छन् ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार स्थानीय बालिकालाई घरमा बुबा–आमा नभएको बेला करणी गरेको भन्दै परिवारले जाहेरी दिएपछि प्रहरी टोलीले सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भदौ १५ गते करणी गरेको भएपनि परिवारले शनिबार थाहा पाएपछि मात्रै जाहेरी दिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post