मोरङ आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ वर्षीय आश बहादुर लिम्बु रहेका छन् ।
हिजो बेलुका गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











Discussion about this post