इटहरी : इटहरीमा ५५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ५८, लेटाङमा २९, बेलबारीमा २५, सुन्दरहरैँचामा ७, धनपालथानमा ६, पथरीशनिश्चरेमा ४, बुढीगंगामा ३, कटहरीमा २, मिक्लाजुङ, रतुवामाई र उर्लाबारीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ५५, धरानमा ९, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवी, बर्जु र इनरुवामा १–१ जना छन् ।
यस्तै, झापाको दमक र विर्तामोडमा १३–१३, मेचीनगरमा ११, भद्रपुरमा ७, शिवसताक्षीमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र गौरादहमा ३–३, बाहृदशीमा २, बुद्धशान्ति र गौरीगञ्जमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, साँघुरीगढीमा १ जना छन् ।
उता, इलामको चुलाचुली र सूर्योदयमा ३–३, इलाम नगरपालिकामा २, देउमाईमा १, उदयपुरको चौदण्डीगढी, त्रियुगा, उदयपुरगढी र कटारीमा १–१, पाँचथरको फिदिम, हिलिहाङ, याङवरकमा १–१, भोजपुरको भोजपुर नगरपालिका र साल्पासिलिछोमा १–१, र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।














Discussion about this post