Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

संखुवासभा हत्याकाण्ड : इटहरीमा यसरी गरियो अन्त्यष्टि, पीडित भन्छन्, युट्युबरले अफवाह फैलाए (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०७८
in टाकुरा विशेष, समाचार
0
संखुवासभा हत्याकाण्ड : इटहरीमा यसरी गरियो अन्त्यष्टि, पीडित भन्छन्, युट्युबरले अफवाह फैलाए (भिडियो)

बुधबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा अन्त्यष्टिका लागि भेला भएका मानिसहरु ।

1.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सामुहिक हत्याकाण्डमा मारिएकाहरूको बुधबार साँझ इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको छ ।

सोमबार एकै परिवारका छ जनाको बीभत्स हत्यामा मारिएकाहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि अन्त्यष्टि गरिएको हो ।

बुधबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा अन्त्यष्टिका लागि भेला भएका मानिसहरु ।

मादी १ का बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा सोमबार बिहान शव भेटिएको थियो ।

बुधबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा अन्त्यष्टिका लागि भेला भएका मानिसहरु ।

अन्जना, दीपेन र गोमाको एउटै चितामा अन्त्यष्टि गरिएको छ । यस्तै, तेजबहादुर र कमलाको एउटा चितामा र पार्वताको एउटा चितामा अन्त्यष्टि गरिएको छ ।

यसैबीच पीडित परिवारका आफन्तले बूढीगंगा जमुना मुक्तिघाटमा पत्रकारहरुसँग कुरा गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

मृतकका आफन्त तिलक कार्कीले घटना रहस्यमय रहेका कारण गम्भीर रुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे । घटनाको पहिचान हुनुपर्ने बताउँदै उनले भने, ‘सानो अबोध बालकदेखि वृद्वासम्मको हत्या गरिनुको जति विरोध र भत्र्सना गरेपनि पुग्दैन ।’ उनले चाँडै घटनामा संलग्न दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखे । ‘कतिबेला घटना भयो भन्नेबारे यकिन हुन सकेको छैन,

बुधबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै मृतकका आफन्त । तस्वीर : टाकुरान्यूज ।

मुलघरमा सबै सफा गरिएको र पानी पनि बसालेको अवस्था थियो,’ उनले भने, ‘सबै शवहरु एक सय मिटरको दूरीमा थिए, हत्या प्रयोग गर्नका लागि मुङ्ग्रो प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ घटना रहस्यमय रहेकाले प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरी दोषीलाई कारबाहीको माग राखे ।

मृतक तेजबहादुरका भतिज यमविक्रम कार्कीले घटनाबारे केही युट्युबर र अनलाइन सञ्चारमाध्यमले अफवाह फैलाएको गुनासो गरे । घटना कसरी र कतिबेला भयो भन्नेबारे अनुसन्धानमा पनि नखुलेकाले केही सञ्चारमाध्यमले भने अफवाह फैलाउने किसिमले सूचना प्रवाह गरेकोभन्दै उनको आपत्ति थियो ।

बुधबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै मृतकका आफन्त । तस्वीर : टाकुरान्यूज ।

‘घटनाको प्रकृति हेर्दा अत्यन्त रहस्यमय छ,’ उनले भने, ‘हामी लासलाई रुँगिरहेका अवस्थामा केही युट्युबरहरुले प्लाष्टिकमा लास लगेको र २४ घण्टा नबित्दै दुईटा हत्यारा पक्राउ भनेर प्रचार गरियो ।’ केही सञ्चारमाध्यमले क्षणिक चर्चा कमाउन अफवाह फैलाएकोप्रति उनको आपत्ति थियो । आफूहरुको मागलाई सुनुवाई गरिनुपर्ने उनको भनाई छ ।

प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

भिडियो

यो पनि – संखुवासभा सामूहिक हत्याकाण्ड : इटहरीको बुढीगंगा जमुना मुक्तिघाटमा अन्त्यष्टि

बुधबार साँझ बूढीगंगा जमुना मुक्तिघाट इटहरीमा अन्त्यष्टिका लागि भेला भएका मानिसहरु ।

 

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1237 shares
    Share 495 Tweet 309
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.