Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

संखुवासभा हत्याकाण्ड :पत्रकारसँग घटनाबारे कुराकानी गरेका लोकबहादुरले नै यसरी हत्या गरे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०७८
in समाचार
0
संखुवासभा हत्याकाण्ड :पत्रकारसँग घटनाबारे कुराकानी गरेका लोकबहादुरले नै यसरी हत्या गरे

प्रहरीले उपलब्ध गराएको लोकबहादुर कार्कीको तस्बिर।

236
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : संखुवासभा मादी नगरपालिका १ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो।

प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढावाका नाति थिए, नातामा भतिजा। लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्। उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे।

झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो। प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन।

जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।

‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’

लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो। बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

‘उनले हत्या स्वीकार गरिसकेको हुँदा नियन्त्रणमा लिएर राखिएको छ,’ प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भने, ‘बाँकी कुरा भोलि मात्रै सार्वजनिक गर्छौं।’ अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो, साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए।

उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए। तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ। तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन्।

तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएको बताएका छन्। त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेको बताएका छन्।

यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्। ‘ए यो लोकेले मार्‍यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने। प्रहरीले लोकबहादुरसँग बयान लिँदा कटुवाल आफू सँगै रहेको बताउँछन्।

सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्। ‘दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्,’ कटुवाल भन्छन्, ‘कसलाई कतिपटक हिर्काएको उनलाई पत्तो पाइनँ भन्छन्।’  त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए।

कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।

‘तेजबहादुरलाई मात्रै हिर्काउन खोजेको भए पनि परिवारका अरु सदस्यले देखेर आफूतिर आएपछि लखेट्दै हिर्काएको उनले बताएका छन्,’ वडाअध्यक्ष कटुवाल भन्छन्।

आफूलाई ‘होच्याएर’ बोल्ने गरेकाले तेजबहादुरसँग ‘रिस’ उठेको लोकबहादुरले बताएको कटुवालले जनाए।

‘घटनामा प्रयोग भएको दाउरो चाहिँ बालिसकेको बताएका छन्,’ वडाध्यक्ष कटुवालले भने।

घटना ‘आवेग’मा भएको देखिए पनि यसबाहेक अन्य कारण के थिए भन्ने प्रहरीले बताउन मानेको छैन।

अनुसन्धान अधिकृतका अनुसार घटना लोकबहादुर किसान गर्ने मानिस हुन्।उनी मलेसियामा बसेर तीन वर्षअघि फर्किएका थिए।

मलेसियामा रहँदा मानसिक स्थिति बिग्रिएपछि नेपाल फर्केको कटुवाल बताउँछन्। अहिले ‘ठिकै’ भनिएका लोकबहादुर गाउँमै खेतीपाती गरेर बसिरहेका थिए।

लोकबहादुर र तेजबहादुरको घरबीच पारिवारिक ‘दुश्मनी’ अरू के थियो प्रहरीले बताइसकेको छैन। वडाध्यक्ष कटुवालले अरु केही नदेखिएको बताए।

‘केही कारणहरू छन्, हामी अहिले ती कुराहरूको पुष्ट्याइँ गरिरहेका छौं,’ संघीय प्रहरी इकाई कार्यालय धरानबाट अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीबहादुर दाहाल भन्छन्।प्रहरीले आर्थिक लेनदेनलगायतको पाटोबाट अनुसन्धान गर्दा त्यस्तो फेला नपरेको बताएको छ।

तेजबहादुरको घरमा भएका सुनचाँदी र गरगहना सकुशल फेला परेका थिए। त्यसदिन तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

तेजबहादुरका बुवा ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका थिए। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा नपाएको प्रहरीले बताएको छ।  बौद्धमानको दृष्टि र श्रव्य शक्ति कमजोर छ।

६ जनाको हत्या गरिसक्दा पनि बौद्धमानले थाहा नपाएपछि उनलाई त्यतिकै छोडिदिएको लोकबहादुर प्रहरीसँग बताएका छन्।

खिलानाथ ढकालले लेखेको यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।

Tags: #संखुवासभा#हत्यासङ्खुवासभाहत्याकाण्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
समाचार

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा आफ्नै घरको बरण्डामा एक पुरुष मृत फेला परेका छन् । धारिलो हतियार प्रहारबाट ५५...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : सुनसरी र मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले...

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.