मोरङ : मोरङ पथरी शनिश्चरे नगरपालिका १ बाट प्रतिबन्धीत औषधि सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान इलाका प्रहरी कार्यालय पथरीबाट गएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधि स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो ।
प्रकाउ परेका विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post