इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १–१ जनामा संक्रमण देखिएको छ भने झापाको विर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कन्काईमा ९–९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ३–३, गौरादह, बाहृदशी र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल र हल्दिबारीमा १–१ जना संक्रमित थपिएका छन् ।
यसैगरि, सुनसरीको इटहरीमा २७, बराहक्षेत्रमा २, बर्जु, रामधुनी र गढीमा १–१, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको हिलिहाङ र फिदिममा १–१, धनकुटाको चौवीसे, भोजपुरको आमचोक, उदयपुरको बेलका, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post