इटहरी : विभिन्न समयमा चर्चामा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीविरूद्व आन्दोलन गरिएको छ ।
आज (बुधबार) यहाँका महिला अधिकारकर्मीहरूले मेयर चौधरीविरूद्व आन्दोलनसँगै नाराबाजी गरेका हुन् । मेयर चौधरीले कार्यकक्षमै केहीदिनअघि महिला सेवाग्राहीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।
आन्दोलनरत महिलाहरूले उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कार्यालय परिसरमा संयुक्त विरोध गरेका थिए ।
उनीहरूले चौधरीलाई कारबाही गर्न माग गरेको र कारबाही नभए आफूहरू चरणबद्व आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
गत बुधवार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा अपमान हुनेगरी जथाभावी अपशब्द बोलेर दुव्र्यवहार गरेको पीडितले बताउँदै आएका छन् । सो क्रममा मेयर चौधरीले नगर प्रहरी र स्वकीय सचिव सूर्य चौधरीले समेत धम्की दिएर दुव्र्यवहार गरेका थिए ।
स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरुलाई दुव्र्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाउँदै आएका छन् ।
यो पनि – इटहरीका मेयर द्धारिकलाल चौधरीले महिलालाई यसरी गरे दुव्र्यवहार, स्वकीय सचिवको धम्की












Discussion about this post