इटहरी : लागूऔषधसहित इटहरीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा इटहरी १३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । उनलाई मोरङ
विराटनगर महानगरपालिका १६ दरैया बाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post