मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका ९ का ६३ वर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
आज बिहान घर नजिकै रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post