मोरङ : मोरङको उर्लाबारी नगरपालिका ५ स्कूल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधीसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ वर्षीय कृष्ण उराँउ, पथरीशनिश्चरे नगरपालिका ३ का २२ वर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिवकुमार कार्की रहेका छन् ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी ट्रामाडोल ४१७ क्याप्सुल र स्पासपेन ४१७ क्याप्सुलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनजनामाथि नै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post