इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २२, सुन्दरहरैँचामा ३, जहदा, मिक्लाजुङ र बूढीगंगामा १–१ जना संक्रमित छन् ।
यता, सुनसरीको धरान र इटहरीमा ९–९, दुहवीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयलले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post