इटहरी : इटहरीका मेयर द्दारिकलाल चौधरीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
महिला सेवाग्राहीलाई कार्यकक्षमै दुव्र्यवहार गरेको आरोप लागेका मेयर चौधरीले माफी नमागेका कारण अधिकारकर्मीहरूले ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आज (शनिबार) पार्टीका स्थानीय अग्रज नेता ओम कोइरालाको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन इटहरी आएका पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङमार्फत् अधिकारकर्मीहरूले अध्यक्ष ओलीलाई ज्ञापनपत्र पठाएका हुन् ।
गत भदौ ३० गते इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाएर धम्की समेत दिएको चौधरीमाथि आरोप छ ।














Discussion about this post