इटहरी : प्रदेश १ को प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित गरिएको छ ।
आइतबार सभामुख प्रदीपकुमार भण्डारीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर, त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको छ ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव लिनुपर्ने संवैधानिक बाध्यता छ । मुख्यमन्त्री आचार्यले दसैंअघि प्रस्ताव दर्ता गरेर दसैंपछि विश्वासको मत लिने योजनामा थिए ।
तर, प्रतिपक्षी दलहररू भने विश्वासको मतसम्बन्धी प्रस्ताव निरन्तर प्रक्रियामा लगेर टुङ्गो लगाउनुपर्ने पक्षमा थिए ।














Discussion about this post