इटहरी : नेपाल सरकारका रक्षामन्त्री डा. मीनेन्द्र रिजालले गठबन्धनले आवश्यकताभन्दा बढी माग राखेको बताएका छन् ।
इटहरीमा आइतबार नेपाली कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. रिजालले भने, ‘गठबन्धनले अलिकता बढी माग्नु त स्वभाविक हो, तर थेग्नै नसक्ने गरी माग राख्नुभयो ।’
वर्तमान भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारले विश्वासको मत पाउन नसक्ने भएका कारण अबको मुख्यमन्त्री प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला हुनुपर्ने उनको आशय थियो ।
‘साथीहरू (गठबन्धन) को माग सुरुसुरुमा त पूरा होला, तर पछि कठिनाई हुन्छ नि, झण्डै चार वर्ष प्रमुख प्रतिपक्षी दलको नेता भएको राजीव कोइराला स्वभाविकै हिसाबमा मुख्यमन्त्री हुनुपर्ने हो,’ उनले भने, ‘गठबन्धनलाई हामीले प्रेम देखायौँ मात्रै भन्दैनौँ, हाम्रा लागि मुख्य सरोकारको कुरा भनेको संविधान भत्काउने बाटो रोक्नु थियो ।’
उनले गठबन्धनमा भएका दलहरूले एउटा भाव राख्नु स्वभाविक भएपनि थेग्नै नसक्ने माग राखेको जिकिर गरे । कांग्रेसले नेतृत्व गरेको वर्तमान सरकार अवसर र चुनौतीका बीचमा सरकार रहेकाले केपी ओलीले देखेको समृद्विको सपना पूरा गर्न चुनौती रहेपनि काम गरेर आगामी निर्वाचनमा जनतासमक्ष जाने बताए ।
‘जति ठूलो संख्यामा सरकार बनाएपनि कम्युनिस्टको सरकार टिक्दैन भन्ने फेरि प्रमाणित भएको छ,’ उनले भने, ‘ ओलीले देखेको समृद्व नेपालको चाहना पूरा गर्नुपर्ने चुनौती अहिलेको सरकारलाई छ, तर अबको निर्वाचनमा काम गरेरै जनतासमक्ष जान्छौँ ।














Discussion about this post