बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चिलिया टापुस्थित कोसी नदी किनारमा नाम, थर, वतन, पहिचान नखुलेको एक युवाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यलय चक्रघट्टीका अनुसार अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको हो ।
नदी किनारमा बेवारिसे शव रहेको स्थानीयबाट जानकारी पाएर गएको प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
शव पहिचानका लागि प्रहरीले ९८५२०९०१२५ फोन नम्बरमा सम्पर्क गर्न समेत अपिल गरेको छ ।














Discussion about this post