इटहरी : निरन्तरको वर्षाका कारण इटहरीका धेरै ठाउँ डुबानमा परेका छन् । २४ घण्टायता परेको अविरल वर्षाका कारण इटहरीका चौतर्फी ठाउँ डुबानमा परेका छन् ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार यहाँको चौतारी चोक, जनसहयोग लाइन, कराइबन, पानीपिया लगायतका क्षेत्र डुबानमा छन् । यस्तै, इटहरी १९ स्थित भवानीपुर, बह्रमपुर लगायतका स्थानमा पनि डुबानमा छन् ।

‘धेरै मानिसहरू घरबाहरबिहीन बन्ने अवस्था आएकाले सचेत रहन अपिल गरिएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘वर्षाका कारण सबैतिरको पानी पानीपियामा आउँदा पनि यस क्षेत्रमा समस्या भएको हो ।’
उनका अनुसार इटहरीका चौतर्फी ठाउँ प्रत्यक्ष डुबानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ३ स्थित सुनौलो बस्ती पनि डुबानमा परेको छ । यस्तै, इटहरी २, ४, ६,१७, १४, १५, १०, ९ लगायतका वडामा बाढी घरमै पसेको छ । धेरै मानिसहरू अहिले सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।



















Discussion about this post