इटहरी : इटहरीको आर्मी क्याम्प अगाडि एक वृद्धको शव फेला परेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा एक वृद्धको शव फेला परेको हो ।
प्रहरीका अनुसार अन्दाजी ६० वर्षीय वृद्धको पहिचान भएको छैन । वृद्धलाई मंगलबार आएको बाढीले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post