धरान : धरानको भानुचौकबाट स्रोत नखुलेको १८ लाख रुपैँया र २२ तोला सुनसहित दुईजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
इप्रका धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धरान १५ का ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। नाताले दुवै मामा भाञ्जा हुन्। उनीहरुको साथबाट ५ वटा सुनको बाला बरामद भएको छ।
यसको कुल तौल २२ तोला २ आना २ लाल रहेको व्यवसायीहरूको भनाइ छ।
सुन र नगद कहाँबाट ल्याएको हो भन्ने हालसम्म नखुलेकाले अनुसन्धान भइरहेको डीएसपी कुँवरले जानकारी दिए । दुवै जना सुनको बाला बिक्री गर्न सुनचाँदी पसलहरुमा बुझ्दै हिँड्ने क्रममा न्यु सुर्य लक्ष्मी स्टोर पुगेका थिए। त्यहाँ कुराकानी गरेर निस्केपछि नजिकै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो।



















Discussion about this post