धरान : धरान उपमहानगरपालिका २ बाट स्रोत नखुलेको र बिल भर्पाई बिनाको सुन र नगदसहित पक्राउ परेका दुई जनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी ल्याइएको छ ।
बिहीबार (हिजो) धरान १५ सगरमाथा लाइनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । दुवै नाताले मामा भाञ्जा हुन् ।
प्रहरीले मामा रामबहादुरको साथबाट १ हजार र ५ सय दरको नगद १८ लाख बरामद गरेको थियो भने भाञ्जा चन्द्रको साथबाट सुनको चुरा ५ थान बरामद गरेको थियो । चुराको कुल तौल २२ तोला २ आना २ लाल रहेको छ ।
सुनसरी प्रहरीका अनुसार पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी ल्याइएको जनाएको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post