इटहरी : सुनसरी र झापाबाट लागूऔषध ब्राउनसुगर सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ८ का ३५ वर्षीय बिमल भुजेल, झापा दमक नगरपालिका १९ का २६ वर्षीय खगेन्द्र नेपाली र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६ वर्षीय नारायण मगर रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनजनामाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।












Discussion about this post