इटहरी : तीन दिनअघि आएको बाढीले इटहरीबाट बगाएकामध्ये थप एकजनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार इटहरी वडा नं. ७ का ३१ वर्षीय कैलाश मण्डलको आज (शुक्रबार) बिहान शव फेला परेको हो । उनलाई कात्तिक २ गते आएको बाढीले बगाएको थियो ।
यो सँगै इटहरीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।
‘बज्राहास्थित पिके फ्याक्ट्री भन्ने ठाउँ नजिकै मण्डलको शव फेला पारेका हौँ,’ डीएसपी केसीले टाकुरासँग भने, ‘यसअघि तीनजनाको शव फेला परेको छ भने बेपत्तामध्येका एकको खोजी भइरहेको छ ।’
उनका अनुसार यसअघि वडा नं. २ को पानीपियाबाट डुबेर बेपत्ता भएका सन्तोष तिवारी (योगेन्द्र), इटहरी ५ तुलसाटोलका ७१ वर्षीय
चन्द्रमणि काफ्ले र इलाम सूर्योदय वडा नं. ७ घर भई इटहरी वडा नं. २ मा मामाघर बस्दै आएका २१ वर्षे रोशन बुढाथोकी शव फेला परेको छ ।
यस्तै, इटहरी वडा नं. ९ का बिनोद भनिने जीवन पराजुली बेपत्ता भएकाले उनको खोजी भइरहेको डीएसपी केसीले जानकारी दिए ।














Discussion about this post