मोरङ : मोरङको लेटाङ नगरपालिका ९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।
बिहानको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











Discussion about this post