इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बजारमा बगैचा नेपाल एग्रीकल्चर प्रालि सञ्चालन गरेर किसान तथा व्यापारीहरुको लाखौं ठगी गरेर फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ २ बस्ने ४३ वर्षीय दीपककुमार खड्कालाई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनले चक्रघट्टी क्षत्रका कृषकहरु, व्यापारीहरुलाई ठगी गरेका थिए । यस्तै, भोजपुर जिल्लाबाट दशैंका लागि बिक्री गर्न ल्याएको २८ वटा खसी बोकासमेत गरि १० लाख ९८ हजार ९ सय ९७ रुपैया बठी गरेको खुलेको प्रहरीले जनाएको छ ।
ठगीबारे पीडितहरूले निवेदन दिएपछि प्रहरीले बराहक्षेत्र क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post