मोरङ : बिराटनगर मनपा १४ जतुवा चोक बाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ वर्षीय आशिष महतो रहेका छन् । हिजो दिउसो CRV पोष्ट जतुवाबाट गएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका विरुद्ध इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post