धरान :धरान–८ मा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको हाताभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
शनिबार अन्दाजी ५० वषीय सुकविर तामाङ क्याम्पस हाताभित्र मृत अवस्थामा फेला परेका हुन् । मृतक व्यक्तिको क्याम्पस नजिककै घर रहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार सुकविर तामाङ नामले चिनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । डिएसपी कुवँरले भने, ‘शवलाई पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।
अनुसन्धान कै प्रक्रियामा भएकाले के कति कारणले मृत्यु भएको भन्ने स्पष्ट कुरा खुलि नसकेको र शवमा कुनै चोटपटक नभएको डिएसपी कुवँरले बताएका छन् ।
उनका अनुसार शव घोप्टो अवस्थामा भेटिएको थियो । स्थानीयका अनुसार करिब एक महिना अघि मात्रै उनकी श्रीमतिको मृत्यु भएको थियो । श्रीमतिको मृत्यु भएपछि उनको व्यवहार असामान्य थियो ।
बिहीबार बेलुका क्याम्पस हाताभित्र आएका भन्ने खबर सुनेको तर खोजतलास गर्दा नभेटिएको क्याम्पस सुरक्षा गार्डले बताएका छन् । ।



















Discussion about this post