धरान : किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ ।
शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा मङ्सिर २४ र २५ गते नवौं जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो ।
किरात राई यायोक्खाको पूर्व केन्द्रिय अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो मेयर कोषबाट किराया सुनसरीको कार्यालय व्यवस्थापनका लागि १ लाख ५० हजार बराबरको मल्टिमिडिया, मिक्सर, साउण्ड सिस्टम हस्तान्तरण गरेका छन् ।
किरात राई यायोक्खाको १७ औं पूर्ण बैठकमा किराया सुनसरीलाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको किराया सुनसरीका सचिव राजेन्द्र राईले जानकारी दिए ।
यस्तै, बैठकमा १२ औं राष्ट्रिय जनगणनामा जात÷जातिको महलमा राई, पूर्खाको भाषामा आ–आफ्नो थरगत भाषा (जस्तैः दुमि, बान्तवा, चाम्लिङ वाम्बुले, तिलुङ, खालिङ, बायुङ÷बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ÷छुलुङ, फाङ्दुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम÷लिङ्खिम, देवास, नेवाहाङ, मध्ये कुनै एक लेख्ने, लेखाऔं), मातृभाषामा आ–आफ्नो थरगत भाषा लेख्ने, लेखाऔं, दोस्रो भाषामा नजिकको राई जातिको थरगत भाषा मध्येको कुनै एक भाषा लेख्ने र धर्मको महलमा किरात लेख्ने, लेखाउन मातहतका कार्यसमितिहरु, भाषिक, भातृ संस्थाहरुलाई परिचालन गर्ने र गराउने निर्णय गरिएको छ ।
किराया सुनसरीका अध्यक्ष बलराम राईले १७ औं पूर्ण बैठकमा सम्पूर्ण किरात राईहरुलाई १२ औं राष्ट्रिय जनगणनामा आफ्नो जात÷जातिको महलमा राई, पूर्खाको भाषामा आफ्नो मातृभाषा, मातृभाषामा कुनै थरगत किरात राईहरुको एक भाषा र धर्मको महलमा किरात लेख्न आग्रह गर्दै नौं वटा प्रस्तावमाथि निर्णय गरि १७ औं पूर्ण बैठक समापन गरिएको किराया सुनसरीका सचिव राजेन्द्र राईले बताए ।



















Discussion about this post