इटहरी : लागूऔषधसहित इटहरीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा इटहरी २ का १९ वर्षीय विशेष मगर रहेका छन् ।
उनलाई मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार (आज) दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post