मोरङ: मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक बाट को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय सखरदिनाबाट गएको प्रहरी टोलीले संका लागेर चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा फेला परेको हो ।
गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्धराज राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।












Discussion about this post