उदयपुर : उदयपुरको बेलका नगरपालिका – ५ जहडा मदन भण्डारी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया ईच्छा कुमारी राई रहेकी छिन् । हिजो बेलुका पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी राईको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
सो दुर्घटनाबाट मोटरसाईकल चालक सप्तरी सप्तकोशी नगरपालिका १ का ३५ वर्षीय आलोक राई समेत घाईते भएका छन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहकेको प्रहरीले जनाएको छ ।











Discussion about this post