इटहरी : इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिएका छन् ।
जिल्लाको मिक्वाखोला गाउँपालिका ४ साँवामा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत रहेका इटहरीका युवक मृत भेटिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रबत्ता कैलाश कुमार अधिकारीका अनुसार इटहरी उपमहानगरपालिका ३ का अर्पण याक्खा सोमबार मृत भेटिएका थिए ।
जन्मदिनको पार्टी मनाउन गएका उनी मृत भेटिएपछि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
जाहेरी दिन परिवारका सदस्य आउने क्रममा रहेको र पक्राउको क्रम जारी रहेकाले विस्तृत विवरण आउन अझै समय लाग्ने अधिकारीले बताए ।
मृतक अर्पणको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । उनको हत्या आशंकामा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post