धरान : धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही स्थानका २४ वर्षीय दीपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरूको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार पाँच सयसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनैजनामाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post