उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजा सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ वर्षिय जिबछ मण्डल र १९ वर्षिय रुपेश कुमार सरदार रहेका छन् ।
हिजो बेलुका इलाका प्रहरी कार्यालय बेल्टारबाट गएको प्रहरी टोलिले चेकजाँच गर्दा स ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो ।
पक्राउ परेका दुबैजनालाई मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।











Discussion about this post