इटहरी (डेक्स) : इटहरीको हलगडामा ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
कुखुरालाई चारो लिएर घर फर्किँदै गरेकी इटहरी ४ कि ६२ वर्षीया देवी खड्कालाई इटहरीको हलगडामा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सुमन तिम्सिनाका अनुसार इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १–०२–ख ८०५२ नम्बरको ट्रकले शुक्रबार बिहान खड्कालाइ ठक्कर दिएको हो ।
घटनापछि आक्रोशित भएका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै इटहरी धरान खडकखण्ड अवरूद्ध पारेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post