मोरङ : मोरङको बिराटनगर महानगरपालिका ११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ वर्षिय सुजन कामतको मृत्यु भएको छ ।
पौष १५ गते घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post