मोरङ : मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा १ का ४५ बर्षीय अशोक खवास रहेका छन् । आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भीर घाइते भएका खवासको उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post