Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेयर द्वारिकलाल चौधरीको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीका मेयर द्वारिकलाल चौधरीको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी
753
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ ।

आज (मंगलबार) दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो ।

स्थानीयका अनुसार यसअघि पनि गत पौष २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग गरेका छन् ।

मेयर चौधरीको जग्गा नजिकै गत मंसिर २८ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँखा अस्पतालको शिल्यानास समेत गरेका थिए । त्यहाँ आँखा अस्पताल बन्ने भएपछि जग्गाको मूल्य बढ्ने आशमा रहेका चौधरीले सरकारी गाडी दुरुपयोग गरेर आफ्नो जग्गा सम्याउने काम गैरकानुनी रहेको स्थानीय बताउँछन् ।

इटहरी १७ र १ को सीमाना नजिकै पर्ने मझौरामा मेयर चौधरीले करीब २५ कठ्ठा जग्गा ‘प्लटिङ’ गरेको स्रोतले जनाएको छ । प्रदेश १–०२–०१ ग ०२०२ सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबीले जग्गा ‘प्लटिङ’ गरेको पाइएको छ ।

स्थानीय एक व्यक्तिका अुनसार मंगलबार दिनभर उपमहानगरकै सेतो नम्बर प्लेट भएका चारवटा हाइवा तथा ट्रिपरले बालुवा तथा मिसगिटी झारेको थियो । ‘सेतो नम्बर प्लेटका ट्रिपर तथा हाइवाले मिसगिटी तथा बालुवा झारेको छ, जेसीबीले सम्याउने काम भइरहेको छ,’ नाम नखुलाउने शर्तमा प्रत्यक्षदर्शी समेत रहेका उनले टाकुरासँग भने, ‘सत्तालाई कसले चलाउने, कसले बोलाउने ?’

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले भने उपमहानगरका गाडीहरू भौतिक पूर्वाधार विकासका संरचनाका लागि प्रयोग हुने बताए ।

मेयर चौधरीको जग्गा नजिकै गत मंसिर २८ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँखा अस्पतालको शिल्यानास समेत गरेका थिए । त्यहाँ आँखा अस्पताल बन्ने भएपछि जग्गाको मूल्य बढ्ने आशमा रहेका चौधरीले सरकारी गाडी दुरुपयोग गरेर आफ्नो जग्गा सम्याउने काम गैरकानुनी रहेको स्थानीय बताउँछन् ।

यता, मेयर चौधरीलाई यस विषयमा सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले भने उपमहानगरका गाडीहरू भौतिक पूर्वाधार विकासका संरचनाका लागि प्रयोग हुने बताए ।

‘ती गाडीहरू सडक मर्मतमा पनि प्रयोग हुन्छ,’ मेयरको जग्गा ‘प्लटिङ’ गर्ने कानून छ कि छैन भन्ने प्रश्नमा उनले टाकुरासँग भने, ‘नगरपालिकाको आयोजनामा हो भने पाइन्छ, अन्यथा मलाई यो विषयमा सूचना छैन, भोलि बुझ्छु के रहेछ ।’

मेयर चौधरीले जग्गा ‘प्लटिङ’मा गाडी प्रयोग गरेकोबारे आफूलाई थाहा नभएकाले बुझ्ने उनले बताए ।

 

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.