Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेयर द्वारिकलाल चौधरीको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीका मेयर द्वारिकलाल चौधरीको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी
754
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ ।

आज (मंगलबार) दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो ।

स्थानीयका अनुसार यसअघि पनि गत पौष २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग गरेका छन् ।

मेयर चौधरीको जग्गा नजिकै गत मंसिर २८ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँखा अस्पतालको शिल्यानास समेत गरेका थिए । त्यहाँ आँखा अस्पताल बन्ने भएपछि जग्गाको मूल्य बढ्ने आशमा रहेका चौधरीले सरकारी गाडी दुरुपयोग गरेर आफ्नो जग्गा सम्याउने काम गैरकानुनी रहेको स्थानीय बताउँछन् ।

इटहरी १७ र १ को सीमाना नजिकै पर्ने मझौरामा मेयर चौधरीले करीब २५ कठ्ठा जग्गा ‘प्लटिङ’ गरेको स्रोतले जनाएको छ । प्रदेश १–०२–०१ ग ०२०२ सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबीले जग्गा ‘प्लटिङ’ गरेको पाइएको छ ।

स्थानीय एक व्यक्तिका अुनसार मंगलबार दिनभर उपमहानगरकै सेतो नम्बर प्लेट भएका चारवटा हाइवा तथा ट्रिपरले बालुवा तथा मिसगिटी झारेको थियो । ‘सेतो नम्बर प्लेटका ट्रिपर तथा हाइवाले मिसगिटी तथा बालुवा झारेको छ, जेसीबीले सम्याउने काम भइरहेको छ,’ नाम नखुलाउने शर्तमा प्रत्यक्षदर्शी समेत रहेका उनले टाकुरासँग भने, ‘सत्तालाई कसले चलाउने, कसले बोलाउने ?’

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले भने उपमहानगरका गाडीहरू भौतिक पूर्वाधार विकासका संरचनाका लागि प्रयोग हुने बताए ।

मेयर चौधरीको जग्गा नजिकै गत मंसिर २८ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँखा अस्पतालको शिल्यानास समेत गरेका थिए । त्यहाँ आँखा अस्पताल बन्ने भएपछि जग्गाको मूल्य बढ्ने आशमा रहेका चौधरीले सरकारी गाडी दुरुपयोग गरेर आफ्नो जग्गा सम्याउने काम गैरकानुनी रहेको स्थानीय बताउँछन् ।

यता, मेयर चौधरीलाई यस विषयमा सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले भने उपमहानगरका गाडीहरू भौतिक पूर्वाधार विकासका संरचनाका लागि प्रयोग हुने बताए ।

‘ती गाडीहरू सडक मर्मतमा पनि प्रयोग हुन्छ,’ मेयरको जग्गा ‘प्लटिङ’ गर्ने कानून छ कि छैन भन्ने प्रश्नमा उनले टाकुरासँग भने, ‘नगरपालिकाको आयोजनामा हो भने पाइन्छ, अन्यथा मलाई यो विषयमा सूचना छैन, भोलि बुझ्छु के रहेछ ।’

मेयर चौधरीले जग्गा ‘प्लटिङ’मा गाडी प्रयोग गरेकोबारे आफूलाई थाहा नभएकाले बुझ्ने उनले बताए ।

 

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    156 shares
    Share 62 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.