पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिका १ मा एक युवकको तमोर नदीले बगाउँदा मृत्यु भएको छ ।
मृत्यु हुनेमा २९ वर्षीय इन्द्रबहादुर बुडाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आज (शनिबार) मध्यान्ह मकर नुहाउन तमोर लिफ्टिङ आयोजना क्षेत्रमा गएका उनलाई नुहाउने क्रममा खोलाले बगाएको थियो ।
उनलाई खोलाले बगाएपछि प्रत्यक्षदर्शी स्थानीयले गाउँले र प्रहरीलाई खबर गरेका थिए । उनको खोजीका लागि प्रहरी चौकी मौवा र नावाखोलाबाट प्रहरी टोली खटाइएको टोलीसँगै स्थानीयले साँझ ४ बजे मृत अवस्थामा फेला पारेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post