मोरङ : मोरङको रतुवामाई नगरपालिका ९ बाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ३ का ३६ वर्षीय तारानीधि गुरागाईं र ३५ वर्षीय दिवेश लिम्बू रहेका छन् ।
प्रहरी चौकी इटहराबाट खटिएको गस्ती टोलीले मे २ प ४८०४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार रहेका लिम्बूको साथबाट नाईटाभेट ४६ पत्ता ६९ चक्की फेला पारेको थियो ।
प्रतिबन्धित लागूऔषध नाईटाभेटसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post