Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बर्जु आगजनी अपडेट : भारतबाट आएका कलाकारलाई विराटनगरबाट प्रशासनको अंकुश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ४, २०७८
in समाचार
0
बर्जु आगजनी अपडेट : भारतबाट आएका कलाकारलाई विराटनगरबाट प्रशासनको अंकुश
459
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका ६ मा आयोजित बर्जु महोत्सवमा कलाकार नआएपछि आक्रोशित स्थानीयले स्टेज र गाडीमै आगजनी गरे ।

प्रशासनको निर्देशनको अवज्ञा गर्दै आयोजना गरिएको महोत्सवको अन्तिम दिन आज (मंगलबार) चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आउने कार्यक्रम थियो । तर, प्रशासनले उनलाई विराटनगरबाटै आउन रोक लगाएपछि कार्यक्रममा आएका स्थानीयले आक्रोशित भएर चारवटा स्कारपियो र स्टेजमा आगजनी गरेका छन् ।

बर्जु गाउँपालिकास्थित चिमडीमा २३ गतेदेखि माघ ४ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट महोत्सव आयोजना गर्न आयोजकले अनुमति लिएकोमा उक्त महोत्सवमा भीडभाड बढेको पाइएपछि रोक्न आइतबार नै पत्राचार गरिएपनि मंगलबार (आज) अन्तिम दिन रहेको भन्दै भीडभाडसहित महोत्सव आयोजना गरिएको थियो ।

तर मेला स्थलमा ठुलो भीड जम्मा भएपछि प्रशासनले कलाकार खेसरीलाललाई बाटोमै रोकेको थियो । विराटनगरको होटल एसियाटिकमा बसेका उनलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान दिएको थिएन ।

स्कारपियोमा आगजनीसहित स्टेज तोडफोड गरेको समूहले लाखौँ मल्य बराबरको साउन्ड सिस्टम र लाइट तोडफोड गरेको छ । साउन्डसिस्टम एसएम साउन्डको रहेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार दिउँसोको करीब साढे ३ बजेदेखि उपस्थितहरूले स्टेजमा आगजनी गरेका थिए । उनका अनुसार करीब एक हजारको संख्यामा उपस्थित स्थानीयले तत्काल नम्बर नखुलेको चारवटा स्कारपियो, एउटा सिटीसफारी, एउटा मोटरसाइकल र एउटा साइकलमा आगजनी गरेका थिए ।

आक्रोशित स्थानीले जलाएका गाडी । तस्वीर : सामाजिक सञ्जाल ।

यस्तै, आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको गाडीको अगाडिमा सिसामा ढुंगा प्रहार समेत गरेका थिए ।

बर्जु गाउँपालिका ६ का वडाध्यक्ष विनोदकुमार चौधरीका अनुसार गृह मन्त्रालयले २५ जनाभन्दा बढी जम्मा हुन नदिएपछि स्थानीय प्रशासनले महोत्सव स्थगित गर्न निर्देशन दिएको थियो ।

तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले महोत्सव रोक्न नमान्दा उक्त घटना भएको बताइएको छ । तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो ।

प्रजिअ यादवका अनुसार साँझ ६ बजे मात्रै सबै भीड तीतरबितर बनेको थियो ।

यो पनि – सुनसरीको बर्जुमा कलाकार नआएपछि स्टेजमा आगजनी, चारवटा स्कारपियो जलाइयो

Tags: #सुनसरीआगजनीबर्जु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद
समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल...

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम
समाचार

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० मा गत महिनादेखि सुरु भएको ‘हातेमालो श्रमदान कार्यक्रम’ले स्थानीयस्तरमा उत्साह बढाएको छ। टोल विकास संस्थामार्फत...

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३
मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    958 shares
    Share 383 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    488 shares
    Share 195 Tweet 122
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.