मोरङ : मोरङको रतुवामाई नगरपालिका ८ डाँडागाँउका ४५ वर्षीय कृष्ण राईलाई प्रहरीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा कोठाभित्र लुकाइछिपाइ राखेको पाँच केजी ३९० ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post