इटहरी (डेस्क) : धनकुटामा आफ्नै श्रीमतकीको हत्या गरी घरमै खाल्डो खनेर पुर्ने एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा धनकुटा नगरपालिका ४ छारागाउँका सीताराम श्रेष्ठ रहेका छन् ।
सीतारामले ५२ वर्षीया पत्नी सीताकुमारीलाई कोदालोको पासोले हानेर हत्या गरी घरभित्रै पुरेर फरार भएका थिए ।
सीताकुमारी गत पौष १६ गतेदेखि हराइरहेकी थिइन् भने प्रहरीमा पुस २१ गते उजुरी परेको थियो । घटना भएको २४ दिनपछि पत्नी हत्या आरोपमा उनी ललितपुरको सातदोबाटोस्थित माइली छोरीको घरबाट आइतबार पक्राउ परेका हुन् ।
खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले श्रेष्ठलाई माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्रै गाडेको भनी बयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली खटिइ घरमै उत्खनन गर्दा सीताको शव फेला परेको थियो ।
यसरी श्रीमतीको हत्या गरी आफैले खाल्डो खनेर घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post